Monday, September 5, 2016

भ्यागुते रोगको भ्याक्सिन नेपाल ल्याइयो

Image result for medical toolsकाठमाडौँ, सरकारले भ्यागुते रोगविरुद्धको औषधि ‘डिप्थेरिया एन्टी टक्सिन’ ५० भाइल नेपाल ल्याएको छ । आयात गरिएका औषधिमध्ये २५ भाइल त्रिवि शिक्षण अस्पतालको बालरोग विभागलाई आइतबार हस्तान्तरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी २५ भाइल हामीले आफैँसँग राखेका छौँ । फेरि अन्य ठाउँमा चाहिएमा वितरण गर्नेछाँै । थप ५० भाइल औषधिका लागि विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गरिएको छ । त्यो तीन÷चार दिनमा आइपुग्छ ।”
गत शुक्रबार मात्र भ्यागुते रोग लागेर उपचार गराइरहेकी एक बालिकाको औषधि अभावमा ज्यान गएको थियो । अहिले त्रिवि शिक्षण अस्पतालमा भ्यागुते रोग लागेका एक बालकको उपचार भइरहेको छ । अर्का एक जनालाई भने उपचारपछि घर फर्काइएको छ ।
अहिले देशका विभिन्न ठाउँमा भ्यागुते रोगविरुद्धको खोप अभियान चलिरहेको छ । डिपिटी खोप नलगाएमा सो रोग लाग्ने सम्भावना धेरै हुने चिकित्सकले बताएका छन् । तत्काल उपचार नपाए ज्यानै जाने जोखिम हुने भएकाले सुरुमा घाँटी दुख्ने र सुन्निनेबित्तिकै उपचार गर्न चिकित्सकको सुझाव छ ।

Saturday, September 3, 2016

जोया को हुन र कहाँ छिन अनि के गरि रहेकी छिन,?उन को कथा बेथा उन कै आवाज मा

 youtube मा अहिले सम्म कै अतिनै भाइरल भयको भिडियोहरु हेरेर थाहा पाउनुहोस!