Wednesday, August 31, 2016

गोलभेँडा-गोली’ ले बचाउँछ मुटुरोग बाट

फलफूल र सागपात खान मन लाग्दैन तर मुटु भने निरोगी होस् भन्ने चाहनुहुन्छ ? यदि त्यसो हो भने वैज्ञानिकहरुले यस्तो औषधिको गोली बनाएका छन् जसले तपाइँको मुटु स्वस्थ राख्न सहयोग पूराउनेछ ।
वैज्ञानिकहरुले टोम्याटो पिल औषधि पत्ता लगाएका छन् । यसमा हुने लाइकोपिन यौगिक मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । एटेरोनोन पिल नामको उक्त गोलीमा पाइने लाइकोपिन नामक यौगिक प्राकृतिक एन्टी अक्सिडेन्ट हो जुन गोलभेडामा पाइन्छ र सोही यौगिकका कारण गोलभेडा रातो हुन्छ ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले केहिसमय अगाि७२ जना वयस्कहरुमा टोम्याटो पिलको परीक्षण गरेका थिए, त्यसक्रममा यस्तो पिल खानेहरुमा रक्तधमनीले निकै राम्रो ढंगले काम गरेको पाइयो । हरेक दिन एउटा गोलभेडा(गोली खाएका मुटु तथा रक्तरोगीहरुमा २ महिनापछि सुधार देखियो । उनीहरुको रक्तनलीको भित्तामा रहने कोषिकाहरु स्वस्थ बन्दै गएको पाइएको शोधकर्ताको भनाइ छ ।
बेलायतमा क्यामन्युट्रा नामक कम्पनीले टोम्याटो पिल बनाइरहेको छ । शोधकर्ता टोलीका प्रमुख डाक्टर जोसेफ चेरियनका अनुसार टोम्याटो पिलले हृदयरोगीको उपचारमा सकारात्मक आशा जगाएको छ, तापनी मुटुरोगीलाई अन्य औषधि तथा उपचार नगरि यो पिलमात्र सेवन गर्न भने सल्लाह दिन नसकिने र यो अन्य औषधि तथा उपचारसँगै प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

लामाले ‘घामपानी’बनाउँदै,

आयोजित एक पत्रकार सम्मेलनमा फिल्मका निर्माण पक्ष र पत्रकारहरुको बीचमा फिल्म ‘घामपानी’को औपचारीक घोषणा भएको हो ।
dfh फिल्मलाई ओम गुरुङ,शैलेन्द्र ध्वज कार्की,रौनक बिक्रम कँडेल,ओम चन्द रौनीयार र बिश्व गौचनको निर्माणमा दीपेन्द्र लामाले निर्देशन गर्न लागेका हुन् ‘घामपानी’फिल्मले हाम्रै वरपरका सामाजीक कथाबस्तुलाई पर्दामा देखाउने भएको छ ।फिल्मको कथा पनि निर्देशक लामा आफैले लेखेका हुन् । निर्माण पक्षका अनुसार फिल्ममा एउटै गाउँका दुई फरक जातीका युवा र युवती बीचमा हुने प्रेम सम्बन्धले दुवै पक्षको पारीवारीक सम्बन्धमा उब्जने उतारचढाब र आफ्नो प्रेम सम्बन्धलाई सफल बनाउनका लागी गर्नु पर्ने विभिन्न संघर्षनै ‘घामपानी’फिल्मको मुख्य कथा रहेको छ ।

सुईको प्रयोगबाट हुने एचआईभी सङ्क्रमण दर घट्यो

सुईको माध्यमले लागूऔषध प्रयोग गरेर एचआईभी सङ्क्रमित भएकाको सङ्ख्या ६८ प्रतिशतबाट घटेर ६।४ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ ।
Image result for सुईको प्रयोग
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले छ महिना लगाएर गरेको एकीकृत जैविक तथा व्यावहारिक सर्वेक्षणमा उक्त तथ्याङ्क आएको केन्द्रका निर्देशक तरुण पौडेलले बताउनुभयो । एचआईभी एड्सका विषयमा व्यापक जनचेतनामूलक कार्यक्रम, देशभर एचआईभीको औषधि खुवाउने संस्थाको वृद्धि, कण्डमको प्रयोगमा वृद्धिजस्ता कार्यक्रमले सुईद्वारा लागुऔषध लिँदा एचआईभी सर्ने खतराका बारेमा युवामा जनचेतना व्यापक रुपमा गरिएकाले यो प्रतिशतमा कमी आएको निर्देशक पौडेलले बताउनुभयो । सूचना अधिकृत वीरबहादुर रावलका अनुसार सर्वेक्षणमा महिला यौनकर्मी, ट्रक डाइभर, लागुऔषध प्रयोगकर्ता, सडक बालबालिका, युवाहरु, सुईद्वारा लागुऔषध प्रयोगकर्तालाई सामेल गराइएको थियो । यसअघि यो अध्ययन सन् २००२ मा गरिएको थियो । उक्त समयमा सुईद्वारा लागुऔषधको प्रयोग दर ६८ प्रतिशत देखिएको थियो ।

आवास गृह निर्माणका लागि भूकम्पपीडित परिवारलाई प्रथम किस्ता निकासा

चौतारा, सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित परिवारलाई आवास गृह निर्माणका लागि हालसम्म चौतीस हजार २३८ जनालाई प्रथम किस्ता निकासा दिएको छ । प्रथम किस्ताबापत उनीहरुलाई रु ५० हजार उपलब्ध गराएको हो । विभिन्न १६ वटा बैंक शाखाबाट सो रकम निकासा दिएको कोष तथा लेखानियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक दिवाकर घिमिरेले बताउनुभयो ।
nepal-moneyजिल्लामा दुई नगरपालिका र ६८ गाविस रहेकोमा अहिलेसम्म दुई नगरपालिका र ५९ गाविसमा पुनःनिर्माणका लागि कुल ६५ हजार ८५९ जनासँग सम्झौता भएको छ ।
असार तेस्रो सातामा भोटेकोसीमा आएको बाढीले ठाउँ ठाउँमा सडक भत्किएर आवागमनमा कठिनाइ भएपछि तातोपानी, लिस्तीलगायतका चार गाविसमा सम्झौता काम सुरु हुन सकेको छैन ।
हालसम्म १२ हजार ६८८ जनाको गुनासो दर्ता भएको जिल्ला विकास समितिले जनाएको छ ।