चौतारा, सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित परिवारलाई आवास गृह निर्माणका लागि हालसम्म चौतीस हजार २३८ जनालाई प्रथम किस्ता निकासा दिएको छ । प्रथम किस्ताबापत उनीहरुलाई रु ५० हजार उपलब्ध गराएको हो । विभिन्न १६ वटा बैंक शाखाबाट सो रकम निकासा दिएको कोष तथा लेखानियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक दिवाकर घिमिरेले बताउनुभयो ।
असार तेस्रो सातामा भोटेकोसीमा आएको बाढीले ठाउँ ठाउँमा सडक भत्किएर आवागमनमा कठिनाइ भएपछि तातोपानी, लिस्तीलगायतका चार गाविसमा सम्झौता काम सुरु हुन सकेको छैन ।
हालसम्म १२ हजार ६८८ जनाको गुनासो दर्ता भएको जिल्ला विकास समितिले जनाएको छ ।
No comments:
Post a Comment