Wednesday, August 31, 2016

गोलभेँडा-गोली’ ले बचाउँछ मुटुरोग बाट

फलफूल र सागपात खान मन लाग्दैन तर मुटु भने निरोगी होस् भन्ने चाहनुहुन्छ ? यदि त्यसो हो भने वैज्ञानिकहरुले यस्तो औषधिको गोली बनाएका छन् जसले तपाइँको मुटु स्वस्थ राख्न सहयोग पूराउनेछ ।
वैज्ञानिकहरुले टोम्याटो पिल औषधि पत्ता लगाएका छन् । यसमा हुने लाइकोपिन यौगिक मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । एटेरोनोन पिल नामको उक्त गोलीमा पाइने लाइकोपिन नामक यौगिक प्राकृतिक एन्टी अक्सिडेन्ट हो जुन गोलभेडामा पाइन्छ र सोही यौगिकका कारण गोलभेडा रातो हुन्छ ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले केहिसमय अगाि७२ जना वयस्कहरुमा टोम्याटो पिलको परीक्षण गरेका थिए, त्यसक्रममा यस्तो पिल खानेहरुमा रक्तधमनीले निकै राम्रो ढंगले काम गरेको पाइयो । हरेक दिन एउटा गोलभेडा(गोली खाएका मुटु तथा रक्तरोगीहरुमा २ महिनापछि सुधार देखियो । उनीहरुको रक्तनलीको भित्तामा रहने कोषिकाहरु स्वस्थ बन्दै गएको पाइएको शोधकर्ताको भनाइ छ ।
बेलायतमा क्यामन्युट्रा नामक कम्पनीले टोम्याटो पिल बनाइरहेको छ । शोधकर्ता टोलीका प्रमुख डाक्टर जोसेफ चेरियनका अनुसार टोम्याटो पिलले हृदयरोगीको उपचारमा सकारात्मक आशा जगाएको छ, तापनी मुटुरोगीलाई अन्य औषधि तथा उपचार नगरि यो पिलमात्र सेवन गर्न भने सल्लाह दिन नसकिने र यो अन्य औषधि तथा उपचारसँगै प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

No comments:

Post a Comment