Wednesday, December 21, 2016

COMING SOON THE I MOVIE

कमल को जादुमय आवाज मा केशब को जोडदार अभिनय(भिडियो सहित)



किशोर खत्री पौष ६ पछिल्लो समयमा एक छत्र राज गर्दै आएको जनता डिजिटल एन्ड फिलिम्स का सन्चालक चर्चित संगीतकार केशब सापकोटा र साथीहरुको दम्दार अभिनय मा फेस्बुक म्यासेन्जर नाम्क लोक दोहोरी एलबम भर्खर मात्र युटुब मार्फत सार्बजनिक गरियको छ ।<br> <br> जस्मा कमल चापागाई र देबि घर्ती ले सुमधुर आवाज दिएका छन भने सोही गित को लय शब्द पनि कमल चापागाईको रहेको छ।<br> जस्लाई चर्चित डाईरेक्टर सिर्जन बराल को निर्देसन रेशम दर्लामी को छायांकन तथा प्रदिप दाहाल को सम्पादन मा तयार पारियको छ।<br> यो गित ले सोछे भन्दा वढी दर्सक को मन जितोस सफलता को लाखौं लाख सुभकामना ।




चादिको जिउ र सुनको मुटु भाको मान्छे (हेर्नुहोस भिडियो सहित

एक पछि अर्को सर्बप्रिय गित बजारमा ल्याउने म्युजिक कम्पनि जनता डिजितल प्रा लि ले फेरी अर्को उस्तै सुपरहित गितको म्युजिक भिडियो सार्बजनिक गरेको छ । हिजो मंगलबार यु टुबमा सार्बजनिक भएको सुनको मुटु म्युजिक भिडियोमा पछिल्लो समयमा मिठो लय बनाएर सबैको मन जितन सफल गितकार केसब सापकोटा को पृथक लय दिल्लि राज रेग्मी सुजनको शब्द तथा उनै सर्जक दिल्लि राज रेग्मी र कृष्ण परयिारको उतिकै कर्णप्रिय स्वर रहेको छ । भने यो म्युजिक भिडियो मा भुमिराज सन्तोष र पुजा को अभिनय रहेको छ । काठ्मान्डौ वरपरका रमाईलो दृष्यमा अभिनय गरेको म्युजिक भिडियो को रेशम दर्लामी ले छाँयाकन गरेका छन् । भने सिर्जन बरालको निर्देषण प्रदिप दाहालको म्युजिक भिडियो मा सम्मपादन रहेको छ । यस भन्दा पहिले पनि जनता डिजितल प्रा लि मार्फत सार्बजनिक गरेको अनि सबैको मन जितेको म्युजिक भिडियो हरु चोखो माया सागर सरी छ ,न्याधिस,जे भने पनि मान्छु ,तिम्रो मेरो मायाको मिलन पक्कै हुन्छ जस्ता गितहरु धेरै सँगित पारखीहरु रुचाईएको थियो र यो गितको पनि पुर्ण सफल्ताको






Tuesday, December 6, 2016

सरिता घिमिरे को गित मा सरोज र लिला को जोड्दार अभिनय (भिडियो सहित)

किशोर खत्री मङ्सिर २१

पछिल्लो समय मा उत्कृष्ट गित हरु बजार ल्याउने क्रम मा जनता डिजिटल ले एक उत्कृष्ट भिडियो पुर्ण बजारमा ल्याएको छ। जुन गित लाई चर्चित गाएक खुमन अधिकारी र जमुना राना ले आवाज दिएका छन भने सब्द सृजना सरिता घिमिरेको रहेको छ जस्मा मिठो लय भने कृष्ण लेकाली ले भरेका छन। जुन गित ढुक्ढुकी मा राख्छु मायालाई चर्चित निर्देशक सिर्जन बराल ले निर्देसन गरेका छन भने रेशम दर्लामि ले छायांकन गरेको उत्कृष्ट म्युजिक भिडियो मा नब मोडल सरोज खतिवडा र लिला गिरि ले जोडदार अभिनय गरेका छन
प्रदिप दाहाल उत्कृष्ट सम्पादन मा रहेको भिडियो लाई जनता डिजिटल एन्ड फिलिम्स ले हालै मात्र सार्बजनिक गरेको छ सार्बजनिक गरेको 2 दिन्मै करिब करिब 11 हजार ले हेरिसक्नु भएको छ । सोहि म्युजिक भिडियो ले सोछे भन्दा बढी सफलता पाओस धन्यवाद ।

Thursday, November 24, 2016

चर्चित गाईका बिष्णु माझि र किशोर खत्री को आवाजले दुनिया रुवायो हेर्नुहोस भिडियो सहित

तिलक मगर बाग्लुङ्ग ८ मङसिर सफलताका साथ कंम्पनी सञ्चालन गर्ने मात्र नभई नयाँ प्रतिभाहरुलाई समेत अवसर दिँदै आएका जनता डिजिटलका सञ्चालक तथा सर्जक केशव सापकोटा अब अभिनयमा पनि देखिन थालेका छन । शव्द र लय सिर्जनामा सबैको मन जित्न सफल सापकोटाले अभिनय आफ्नो लागी दर्शक सामु परिक्षा भएको बताउदै पास फेल के हुने समयले बताउने जानकारी दिनभयो ।
जनता डिजिटलले पछिल्लो समय बजारमा ल्याएको चोखो माया सागर सरि छ मा सापकोटाको उत्कृष्ट लय सँग सँग अभिनय समेत देख्न सकिन्छ । सो गीतमा बहुचर्चित गायीका विष्णु माझी र किशोर खत्रीले आवाज दिएका छन । गीतको शव्द सिर्जना मेघराज सापकोटाले गरेका हुन । शोभा रसाइलीको प्रस्तुती रहेको सो गीतमा निर्देशन समेत केशव सापकोटाको रहेको छ ।
गुल्मी जिल्ला स्थायि वसोवास रहेको गायक खत्री पछिल्लो समयमा लोक दोहोरी विद्याबाट निकै चार्चामा आएका छन। उनको सवै गितहरुमा श्रोता तथा दर्शकलाई, लोभ्याउन र नचाउनमा प्रयाप्त हुने गरेका छन । पछिल्लो समय काठमान्डौँमा वसोवास गर्दे लोक यात्रामा आगेका उनि भिडियोमा मोडलिङ्का रुपमा समेत देखिन लागेका छन । खत्रीमा बाजारमा ल्याएका मध्य सखाप पारिस गुल्मीको दजाकोट, दरम खोली तरैला लगाएतका गित पस्चिमाञ्चल क्षेत्रमा विशेष रुचाईएका गित हुन । सानै उमेर देखि नै संगितिक यात्रामा लागेका गायक खत्रीले केहि समय अगाडिमात्र चोखोमाया सागर सरी छ लाई पनि श्रोता तथा दर्शकले रुचाउने र सोहि गितमा अभिनय गरेका ओम क्षेत्रीको निधनले पनि यस गितका सम्पुर्ण टिमलाई दुखित तुल्लाएको धरातल अन्लाईन संगको विशेष संवादमा जानकारी दिएका छन । अभिनेता क्षेत्रीको निधन प्रति धरातल अन्लाईन र सरगम न्युज डट कम परिवार गहिरो समवेदना व्यक्त गर्दछ । सथै चोखोमाया सागर सरी छ गितको अर्गिम सुभकामना ।।

Monday, September 5, 2016

भ्यागुते रोगको भ्याक्सिन नेपाल ल्याइयो

Image result for medical toolsकाठमाडौँ, सरकारले भ्यागुते रोगविरुद्धको औषधि ‘डिप्थेरिया एन्टी टक्सिन’ ५० भाइल नेपाल ल्याएको छ । आयात गरिएका औषधिमध्ये २५ भाइल त्रिवि शिक्षण अस्पतालको बालरोग विभागलाई आइतबार हस्तान्तरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी २५ भाइल हामीले आफैँसँग राखेका छौँ । फेरि अन्य ठाउँमा चाहिएमा वितरण गर्नेछाँै । थप ५० भाइल औषधिका लागि विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गरिएको छ । त्यो तीन÷चार दिनमा आइपुग्छ ।”
गत शुक्रबार मात्र भ्यागुते रोग लागेर उपचार गराइरहेकी एक बालिकाको औषधि अभावमा ज्यान गएको थियो । अहिले त्रिवि शिक्षण अस्पतालमा भ्यागुते रोग लागेका एक बालकको उपचार भइरहेको छ । अर्का एक जनालाई भने उपचारपछि घर फर्काइएको छ ।
अहिले देशका विभिन्न ठाउँमा भ्यागुते रोगविरुद्धको खोप अभियान चलिरहेको छ । डिपिटी खोप नलगाएमा सो रोग लाग्ने सम्भावना धेरै हुने चिकित्सकले बताएका छन् । तत्काल उपचार नपाए ज्यानै जाने जोखिम हुने भएकाले सुरुमा घाँटी दुख्ने र सुन्निनेबित्तिकै उपचार गर्न चिकित्सकको सुझाव छ ।

Saturday, September 3, 2016

जोया को हुन र कहाँ छिन अनि के गरि रहेकी छिन,?उन को कथा बेथा उन कै आवाज मा

 youtube मा अहिले सम्म कै अतिनै भाइरल भयको भिडियोहरु हेरेर थाहा पाउनुहोस!

Wednesday, August 31, 2016

गोलभेँडा-गोली’ ले बचाउँछ मुटुरोग बाट

फलफूल र सागपात खान मन लाग्दैन तर मुटु भने निरोगी होस् भन्ने चाहनुहुन्छ ? यदि त्यसो हो भने वैज्ञानिकहरुले यस्तो औषधिको गोली बनाएका छन् जसले तपाइँको मुटु स्वस्थ राख्न सहयोग पूराउनेछ ।
वैज्ञानिकहरुले टोम्याटो पिल औषधि पत्ता लगाएका छन् । यसमा हुने लाइकोपिन यौगिक मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । एटेरोनोन पिल नामको उक्त गोलीमा पाइने लाइकोपिन नामक यौगिक प्राकृतिक एन्टी अक्सिडेन्ट हो जुन गोलभेडामा पाइन्छ र सोही यौगिकका कारण गोलभेडा रातो हुन्छ ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले केहिसमय अगाि७२ जना वयस्कहरुमा टोम्याटो पिलको परीक्षण गरेका थिए, त्यसक्रममा यस्तो पिल खानेहरुमा रक्तधमनीले निकै राम्रो ढंगले काम गरेको पाइयो । हरेक दिन एउटा गोलभेडा(गोली खाएका मुटु तथा रक्तरोगीहरुमा २ महिनापछि सुधार देखियो । उनीहरुको रक्तनलीको भित्तामा रहने कोषिकाहरु स्वस्थ बन्दै गएको पाइएको शोधकर्ताको भनाइ छ ।
बेलायतमा क्यामन्युट्रा नामक कम्पनीले टोम्याटो पिल बनाइरहेको छ । शोधकर्ता टोलीका प्रमुख डाक्टर जोसेफ चेरियनका अनुसार टोम्याटो पिलले हृदयरोगीको उपचारमा सकारात्मक आशा जगाएको छ, तापनी मुटुरोगीलाई अन्य औषधि तथा उपचार नगरि यो पिलमात्र सेवन गर्न भने सल्लाह दिन नसकिने र यो अन्य औषधि तथा उपचारसँगै प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

लामाले ‘घामपानी’बनाउँदै,

आयोजित एक पत्रकार सम्मेलनमा फिल्मका निर्माण पक्ष र पत्रकारहरुको बीचमा फिल्म ‘घामपानी’को औपचारीक घोषणा भएको हो ।
dfh फिल्मलाई ओम गुरुङ,शैलेन्द्र ध्वज कार्की,रौनक बिक्रम कँडेल,ओम चन्द रौनीयार र बिश्व गौचनको निर्माणमा दीपेन्द्र लामाले निर्देशन गर्न लागेका हुन् ‘घामपानी’फिल्मले हाम्रै वरपरका सामाजीक कथाबस्तुलाई पर्दामा देखाउने भएको छ ।फिल्मको कथा पनि निर्देशक लामा आफैले लेखेका हुन् । निर्माण पक्षका अनुसार फिल्ममा एउटै गाउँका दुई फरक जातीका युवा र युवती बीचमा हुने प्रेम सम्बन्धले दुवै पक्षको पारीवारीक सम्बन्धमा उब्जने उतारचढाब र आफ्नो प्रेम सम्बन्धलाई सफल बनाउनका लागी गर्नु पर्ने विभिन्न संघर्षनै ‘घामपानी’फिल्मको मुख्य कथा रहेको छ ।

सुईको प्रयोगबाट हुने एचआईभी सङ्क्रमण दर घट्यो

सुईको माध्यमले लागूऔषध प्रयोग गरेर एचआईभी सङ्क्रमित भएकाको सङ्ख्या ६८ प्रतिशतबाट घटेर ६।४ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ ।
Image result for सुईको प्रयोग
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले छ महिना लगाएर गरेको एकीकृत जैविक तथा व्यावहारिक सर्वेक्षणमा उक्त तथ्याङ्क आएको केन्द्रका निर्देशक तरुण पौडेलले बताउनुभयो । एचआईभी एड्सका विषयमा व्यापक जनचेतनामूलक कार्यक्रम, देशभर एचआईभीको औषधि खुवाउने संस्थाको वृद्धि, कण्डमको प्रयोगमा वृद्धिजस्ता कार्यक्रमले सुईद्वारा लागुऔषध लिँदा एचआईभी सर्ने खतराका बारेमा युवामा जनचेतना व्यापक रुपमा गरिएकाले यो प्रतिशतमा कमी आएको निर्देशक पौडेलले बताउनुभयो । सूचना अधिकृत वीरबहादुर रावलका अनुसार सर्वेक्षणमा महिला यौनकर्मी, ट्रक डाइभर, लागुऔषध प्रयोगकर्ता, सडक बालबालिका, युवाहरु, सुईद्वारा लागुऔषध प्रयोगकर्तालाई सामेल गराइएको थियो । यसअघि यो अध्ययन सन् २००२ मा गरिएको थियो । उक्त समयमा सुईद्वारा लागुऔषधको प्रयोग दर ६८ प्रतिशत देखिएको थियो ।

आवास गृह निर्माणका लागि भूकम्पपीडित परिवारलाई प्रथम किस्ता निकासा

चौतारा, सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित परिवारलाई आवास गृह निर्माणका लागि हालसम्म चौतीस हजार २३८ जनालाई प्रथम किस्ता निकासा दिएको छ । प्रथम किस्ताबापत उनीहरुलाई रु ५० हजार उपलब्ध गराएको हो । विभिन्न १६ वटा बैंक शाखाबाट सो रकम निकासा दिएको कोष तथा लेखानियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक दिवाकर घिमिरेले बताउनुभयो ।
nepal-moneyजिल्लामा दुई नगरपालिका र ६८ गाविस रहेकोमा अहिलेसम्म दुई नगरपालिका र ५९ गाविसमा पुनःनिर्माणका लागि कुल ६५ हजार ८५९ जनासँग सम्झौता भएको छ ।
असार तेस्रो सातामा भोटेकोसीमा आएको बाढीले ठाउँ ठाउँमा सडक भत्किएर आवागमनमा कठिनाइ भएपछि तातोपानी, लिस्तीलगायतका चार गाविसमा सम्झौता काम सुरु हुन सकेको छैन ।
हालसम्म १२ हजार ६८८ जनाको गुनासो दर्ता भएको जिल्ला विकास समितिले जनाएको छ ।